आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले पार्टीका नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ।
पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘सम्पत्तिको छानबिन पहिले पदाधिकारीबाट सुरु गर्ने, कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने र महाधिवेशन मङ्सिरको अन्त्यमा गर्ने निर्णय भयो’, प्रवक्ता सापकोटाले भने।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन्।