अनलाइन सञ्चारमाध्यम दर्ता खुला

अनलाइन सञ्चारमाध्यम दर्ता खुला

काठमाडौँ – सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता खुला गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका छन्।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको खरेलले बताए।

यसअघि काँग्रेस-एमाले सत्ता गठबन्धनको केपी ओली नेतृत्वको सरकारले गत साउन १ गतेदेखि अनलाइन दर्ता र नवीकरण बन्द गरेको थियो।

खबरपाटी
खबरपाटी