साझाका ५ वटा सटल बस काठमाडौंदेखि नारायणगढसम्म

साझाका ५ वटा सटल बस काठमाडौंदेखि नारायणगढसम्म

काठमाडौँ । दशैंको बेला उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहजता प्रदान गर्न साझा यातायातले सटल बस सेवा सञ्चालनमा ल्याएको छ ।

यस वर्ष सवारीसाधनको कमी हुने र सडकको अवस्था पनि बिग्रिएको हुनसक्ने भएकाले यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्रा गराउने उद्देश्यले यो सेवा सुरु गरिएको साझा यातायातले जनाएको छ । 

साझा यातायाताका अनुसार काठमाडौं-नारायणगढ रुटमा मात्रै यो सेवा उपलब्ध हुनेछ । मंगलबारदेखि सुरु भएको यो सेवा दशैंअवधिभरि जारी रहनेछ । दैनिक पाँचवटा बसले यो रुटमा सेवा दिनेछन् ।

 

खबरपाटी
खबरपाटी