नख्खु कारागारबाट फरार भएका शिवशिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुन : पक्राउ

नख्खु कारागारबाट फरार भएका शिवशिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुन : पक्राउ

काठमाडौँ - जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका शिवशिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पुनः पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज ललितपुरको सानेपाबाट पक्राउ गरी पुनः नख्खु कारागारमा बुझाएको हो।

उनी यसअघि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका थिए । तर जेनजी आन्दोलनमा भदौँ २४ गते फरार भएका थिए।

यसअघि शर्मा २०८० सालको असार १२ गते भारतको मुम्बईबाट पक्राउ परेका थिए। 

सहकारी ठगीको अभियोग मात्र नभई २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा पनि उनीमाथि मुद्दा चलिरहेको छ।

खबरपाटी
खबरपाटी