प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता

काठमाडौँ -प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ। 

प्रधानमन्त्री कार्की भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट केपी शर्मा ओलीको सरकार पतन भएसँगै प्रधानमन्त्री बनेकी थिइन्।

जेन-जीको मागअनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो।

प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ। 

खबरपाटी
खबरपाटी