मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न शिक्षा मन्त्री पुनको निर्देशन

मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न शिक्षा मन्त्री पुनको निर्देशन

काठमाडौँ - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिएका छन्।

सोमवार पदभार ग्रहण लगत्तै उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै कर्मचारीहरूलाई यस्तो निर्देशन दिएको बताए। 

उनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिए। उनले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताए।

उनले भने, ‘शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ती नगर्नुहोस्। शिक्षा मन्त्रालयमा ढिलासुस्ती गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु।’ 

उनले आफूलाई सुरक्षा नचाहिने र औपचारिक कामका लागि मात्र सरकारी गाडीको प्रयोग गर्ने पनि बताए। 

खबरपाटी
खबरपाटी