पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्णरूपमा सञ्चालनमा

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्णरूपमा सञ्चालनमा

काठमाडौं - गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार (असोज ६) साँझदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । तुइन खोलामा गत शुक्रबार साँझ आएको पहिरोका कारण अवरुद्ध सडक सोमबार साँझ ६ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार, आइतबार साँझ केही समय एकतर्फी सञ्चालनमा आएको सडक राति बन्द गरिएको थियो । आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजेदेखि ३ बजेसम्म पूर्णरूपमा बन्द गरी पहिरो पन्छाइएको थियो । 

अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

खबरपाटी
खबरपाटी