मुग्लिन–नारायणगढ सडकखण्ड बन्द

मुग्लिन–नारायणगढ सडकखण्ड बन्द

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ ।

तुइनखोलानजिक गएको पहिरो पूर्ण रुपमा पन्छाएर दुईतर्फी सवारी सञ्चालनका लागि आज दिउँसो दुई घण्टा बन्द गरिने भएको हो ।

तुइनखोलानजिक शुक्रबार साँझ पहिरो गएको सो पहिरो हटाएर आइतबार दिउँसोदेखि एकतर्फी सडक सञ्चालन गरिएको थियो । अब भने पूर्णरुपमा पहिरो पन्छाएर दईतर्फी सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पूर्णरुपमा पहिरो पन्छाउनका लागि आज दिउँसो १ बजदेखि ३ बजेसम्म सवारीसाधान रोक्न लागिएको हो ।

 

खबरपाटी
खबरपाटी