सरकारी संरचनाको पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

सरकारी संरचनाको पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

काठमाण्डौ – जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाको पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारलाई संसदीय समितिले ध्यानाकर्षण गराएको छ ।
राष्ट्रियसभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया थालनी गर्न भनेको हो । आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायत देशभरका सरकारी, सार्वजनिक, निजी भवनमा ठूलो क्षति पुगेको छ ।
समितिले घटनाको छानबिन, दोषीमाथि कारबाही र यथाशीघ्र पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको समितिकी सभापति कमलादेवी पन्तले जानकारी दिनुभयो ।
आजको बैठकले समितिको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन परिमार्जनसहित पारितसमेत गरेको छ ।

खबरपाटी
खबरपाटी