ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

काठमाडौं । ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रमुख खरेलले सञ्चार माध्यममा २५ वर्ष भन्दा लामो समयसम्म काम गरेको लामो अनुभव समेत रहेको छ ।

उहाँले ईमेज टेलिभिजनमा समाचार वाचनका साथै हटसीट कार्यक्रम समेत चलाउदै आउनुभएकाे छ। नवनियुक्त सञ्चारमन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीततल निवासमा एक समारोहकाबीचमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुहुने भएको हो ।

 

खबरपाटी
खबरपाटी