तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने, संसद विघटन गर्ने सहमति

तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने, संसद विघटन गर्ने सहमति

अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको छ । लगातार भएको छलफलपछि संसद विघटन गर्ने सहमति जुटेको हो ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीले गर्नेछिन् । संसद विघटनलगत्तै आजै उनले शपथ ग्रहण गर्ने सम्भावना छ । उनी नेतृत्वको मन्त्रिपरिषद्‌मा सुरुमा तीन सदस्य हुनेछन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन । 

यसअघि राष्ट्रपति रामचन्द्र पाैडेलले संविधान नष्ट हुने भन्दै संसद विघटन नगर्ने अडान लिएका थिए । तर आन्दोलनकारी शक्ति जेन–जी संसद विघटनको अडानबाट टसमस नभएपछि राष्ट्रपति विघटनका लागि बाध्य भएका हुन् ।

अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा लेखिँदै छ । कानुनविदहरूको परामर्शमा संविधान नमासिने गरी नयाँ सरकार गठनको प्रक्रिया मिलाइँदै छ ।

खबरपाटी
खबरपाटी