नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गर्ने क्रम जारी

नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गर्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । 

मंगलबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर छापावाल सुन २ लाख ५ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च हो । 

यसअघि सोमबार सुन तोलाको २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसअघि आइतबार सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । गत साताको शुक्रबार सुनको मूल्य तोलाको २ लाख ६ सय रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम गरेको थियो । त्यसयता रेकर्ड ब्रेक भइरहेको महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो । 

खबरपाटी
खबरपाटी