सरकारले बालबालिकालाई खुवाउन सुरु गरेको स्वर्णप्राशनप्रति नेपासले जनायो असहमति

सरकारले बालबालिकालाई खुवाउन सुरु गरेको स्वर्णप्राशनप्रति नेपासले जनायो असहमति

काठमाण्डु– सरकारले बालबालिकालाई स्वर्णविन्दुका थोपा खुवाउने उद्देश्यसहित सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले असहमति जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भदौ ५ गते धनगढीमा बालबालिकालाई औषधि खुवाएर उक्त अभियानको सुरुआत गरेका थिए।


मन्त्री पौडेलले यसलाई आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित स्वदेशी औषधि भन्दै प्रचार गरेका छन्।तर, यस औषधिको वैज्ञानिक प्रमाण, नियामक स्वीकृति र प्रभावकारिताबारे स्पष्ट तथ्याङ्क नभएको भन्दै चिकित्सक संगठनको आपत्ति छ।

नेपासका अध्यक्ष डा। अरुणकुमार न्यौपानेले विज्ञप्ति जारी गर्दै औषधि दर्ता, व्याच परीक्षण र नियामक पारदर्शिता सार्वजनिक नगरी बालबालिकालाई यस्तो औषधि खुवाउनु असुरक्षित हुने बताएका छन्।“उपलब्ध वैज्ञानिक प्रमाण र बालसुरक्षा सम्बन्धी मापदण्ड अपर्याप्त देखिएका छन्। स्वर्णकल्पबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने आधार भेटिएको छैन,” विज्ञप्तिमा भनिएको छ।

यो पनि बालबालिकालाई खुवाउन थालियो ‘सुन भएको औषधि’

सरकारले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै पहिलो चरणमा देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाबाट औषधि वितरण सुरु गर्ने योजना बनाएको हो। यसबारे नेपासले वैज्ञानिक प्रमाण र नियामक स्पष्टता नआएसम्म अभियान स्थगित गर्न माग गरेको छ।

खबरपाटी
खबरपाटी