काभ्रेमा अरनिको राजमार्ग अवरुद्ध

काभ्रेमा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । काभेपलाञ्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका–८, तिरतिरे धारामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

बिहीबार (भदौ ५) बिहान करिब ९ः४० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बाटो खुलाउने पहल भइरहेको छ ।

खबरपाटी
खबरपाटी