टेक्सास इन्टरनेशनल कलेजद्वारा “Texas IoT Exhibit - Vol 1” सम्पन्न

टेक्सास इन्टरनेशनल कलेजद्वारा “Texas IoT Exhibit - Vol 1” सम्पन्न

काठमाडौं, श्रावण २३ – टेक्नोलोजीमा केन्द्रित नवप्रवर्तन र विद्यार्थीको प्राविधिक क्षमतालाई उजागर गर्ने उद्देश्यका साथ टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्क चाबहिलमा “Texas IoT Exhibit – Vol 1” शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

BIT प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले निर्माण गरेका ३० वटा IoT तथा प्रविधिमूलक परियोजनाहरू प्रदर्शित गरिएको उक्त कार्यक्रममा करिब ५,००० दर्शकहरूको उपस्थिति रहेको थियो। कलेजको आयोजनामा गरिएको यो पहिलो संस्करणको प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनात्मकता, व्यावहारिक ज्ञान, र नवप्रवर्तनशील सोचलाई प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्‍यो। कार्यक्रमको सभापतित्व टेक्सास नेटवर्कका कार्यकारी अध्यक्ष श्री भेषराज पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि माननीय गगन थापा, विशेष अतिथि वडा नं. ७ का वडा अध्यक्ष श्री बिमल होडा तथा वडा नं. ८ का वडा अध्यक्ष श्री अस्मान संगतज्यू रहनुभएको थियो। 

कार्यक्रमको सम्बोधन गर्दै माननीय गगन थापाले विद्यार्थीहरूले तयार पारेका परियोजनाको उच्च स्तरीय प्रशंसा गर्दै भन्नुभयो:“विद्यार्थीहरूले तयार गरेका परियोजनाहरू असाधारण छन्। यिनैमध्ये केही त बंगलादेशमा हुने सम्मेलनमा पीएचडी स्कॉलरहरूले प्रस्तुत गर्ने स्तरका छन्। यति उत्कृष्ट काम देख्दा गर्व लाग्छ।”उहाँले थप गर्दै भन्नुभयो “सरकारको तर्फबाट विद्यार्थीहरू कलेजबाट BIT सकेर निस्किँदा ‘साउथ एसियामा IT क्षेत्रमा सबैभन्दा उत्कृष्ट काम गर्ने ठाउँ नेपाल हो’ भने ठाउँसम्म हामी पुर्‍याउँछौं।

वडा नं. ७ का अध्यक्ष बिमल होडाले टेक्सास कलेज र विद्यार्थीहरूको निरन्तर प्रगतिप्रति सकारात्मक टिप्पणी गर्दै भन्नुभयो “म विगत १५ वर्षदेखि टेक्सास कलेजको विकासक्रमको साक्षी बनेको छु। यहाँका विद्यार्थीहरूले प्रविधिको प्रयोग गरेर साँच्चै उत्कृष्ट काम गरिरहेका छन्।”

वडा नं. ८ का अध्यक्ष अस्मान संगतले विद्यार्थीहरूको ऊर्जाशीलता राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै युवाहरूको नवप्रवर्तनशील सोचले मात्र देशलाई परिवर्तन गर्न सक्छ। यस्ता प्लेटफर्महरूले उनीहरूलाई आत्मविश्वास र अवसर दिन्छन्, जुन प्रशंसनीय रहेको बताउनु भयो ।

 

कार्यक्रममा कलेजका प्रिन्सिपल श्री श्यामसुन्दर श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो। प्रमुख तथा विशेष अतिथिहरूलाई कलेजका म्यानेजिङ डाइरेक्टर श्री जितेन्द्र कुमार बाखुले सम्मान स्वरूप फूलगुच्छा अर्पण गर्दै स्वागत गर्नुभएको थियो।

प्रदर्शनीमा प्रस्तुत प्रमुख IoT तथा टेक्नोलोजी परियोजनाहरूमा समावेश थिए:

• Smart Greenhouse Monitoring System

• SweepBotX (Floor Cleaning Bot)

• Fire Fighter Bot

• Blind Stick

• Stair Climbing Robot

• Humanoid Robot

• RC Plane

• Gesture Control Car

• Delivery Bot

• Smart Traffic Light System

• Advanced Door Lock System

• Weather Station

• Drone

• Tunnel Light

• Line Following Robot

• Arduino Shave

• Parking System

• Bell Scheduler

• Office Room Monitoring

• RC Car

• Metal Detector

• Keypad Door Lock System

• Memory Game

• Edge Detection Bot

• Noise Detection

• Automatic Fish Food Dispenser

• Tetrix Car

• Smart Car

• Smart Home Appliances

• Conveyor Belt System

“Texas IoT Exhibit – Vol 1” ले टेक्सास इन्टरनेशनल कलेजमा अध्ययनरत विद्यार्थीहरूको नवप्रवर्तनशीलता, प्राविधिक दक्षता र व्यवहारिक शिक्षाको मापन गर्ने महत्वपूर्ण आधार तयार गरेको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई केवल पुस्तक ज्ञानमा सीमित नराखी, आफ्नो सीप प्रयोग गर्ने वातावरण बनाइदिन्छ।

खबरपाटी
खबरपाटी