काठमाडौं । देशका विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ ।
भारीदेखि धेरै भारीको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । काभ्रे, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भएर बग्ने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
यसैबीच, पछिल्लो ६ घण्टामा दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा र बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
भारी वर्षा भएका कारण उक्त क्षेत्र भइ बहने बबई नदी, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अन्य ससाना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ । होचो भूभागमा डुवानको जोखिम रहेकाले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न÷जान विभागले आग्रह गरेको छ ।