पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधवकुमार नेपाल विशेष अदालतमा हाजिर

पतञ्जलि जग्गा हिनामिना प्रकरण :  माधवकुमार नेपाल विशेष अदालतमा हाजिर

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन्।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका क्रममा उनी अदालतमा आफैँ हाजिर भएका हुन्।

सार्वजनिक चर्चामा सुनेका आधारमा पनि कुनै मुद्दाका विषयमा सम्बन्धित व्यक्ति अदालतमा हाजिर हुन पाइने सुविधा उपयोग गर्दै नेपाल हाजिर भएका हुन्।अदालतले पहिलो बिहान ११ बजेभित्र पेसी सूची प्रकाशित गर्ने गरेको छ। 

खबरपाटी
खबरपाटी