चावहिलबाट सम्पर्कविहीन कृष्ण प्रसाद तिवारीको खोजीमा सहयोगको अपील

चावहिलबाट सम्पर्कविहीन कृष्ण प्रसाद तिवारीको खोजीमा सहयोगको अपील

काठमाडौं, असार ११ । वर्ष ६१ का कृष्ण प्रसाद तिवारी गत असार ८ गतेदेखि सम्पर्कविहीन हुनुभएको छ । बाँके जिल्लाको खजुरा गाउँपालिका–५ स्थायी ठेगाना भई हाल चावहिल ओरालो, गौरीघाटमा डेरा गरी बस्दै आएका तिवारी अस्पताल जान भनी घरबाट निस्केपछि हालसम्म फर्किनु भएको छैन।

श्रीमती रत्ना कुमारी तिवारीको सोही दिन चावहिलस्थित एक अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया तय थियो, जुन सफल रूपमा सम्पन्न भएको छ। श्रीमान् कृष्ण प्रसाद तिवारी त्यसदिन बिहानै चेक लिएर “पैसा झिकेर आउँछु” भन्दै निस्कनु भएको थियो। तर न त अस्पतालमा देखिनुभयो, न त घर फर्कनुभयो।

त्यस दिन साँझ ६ बजेर २१ मिनेटमा चितवनमा रहेका छोरासँग फोनमा ूम गौरीघाटमा छु, अस्पताल जान लाग्दैछु" भनेको आवाज आएको थियो। तर ठीक एक मिनेटपछि, ६ः२२ मा उहाँको मोबाइल स्विच अफ भयो र त्यसयता सम्पर्कमा आउनुभएको छैन। 

उहाँ कार्यरत कार्यालयमा पनि सो दिन जानुभएको थिएन भने बैंकबाट पैसा झिकिएको कुनै विवरणसमेत देखिएको छैन।
असार ९ गते गौशाला प्रहरी वृत्तमा हराएको व्यक्तिको विवरण दिइएको भएपनि हालसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।

कसैले कृष्ण प्रसाद तिवारीलाई देख्नुभएको वा भेट्नुभएको छ भने नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन वा छोराको मोबाइल नम्बर ९८६००५४३०० मा सम्पर्क गरिदिनुहुन परिवारजनले हार्दिक अनुरोध गरेका छन्।
अथवा सम्पर्क व्यक्ति दिलक आचार्यलाई ९८४१५७९४०४ मा सम्पर्क गर्न सकिनेछ। 

परिवारको  भावनात्मक अपिल
कृष्ण प्रसादजी,
श्रीमती रत्ना कुमारी तिवारीले भर्खरै ठूलो अपरेसन भोगिरहनु भएको छ। परिवारजन, आफन्तहरू सबै तपाईंको खबर कुरिरहेका छन्।
हामी सबै तपाईको सुरक्षित फर्किने आशामा छौं।
कृपया जहाँ हुनुहुन्छ, सम्पर्क गर्नुस्, घर फर्किनुस्।
तपाईंको एक खबरले धेरै पीडित मनहरूमा मलम लाग्नेछ।

 

खबरपाटी
खबरपाटी