काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धीको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। गणतन्त्र दिवसको शुभकामना दिँदै देउवाले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुन आग्रह गरेका हुन्।
‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र हामीले समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सक्नेछौं।’ शुभकामना सन्देशमार्फत देउवाले भनेका छन्, ‘नेपाली जनताको बलिदानबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो। समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’
नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनर्स्थापना, लोकतन्त्रको संरक्षण र सम्वर्द्धनका लागि नेपालको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा सहभागी थुप्रै होनाहार सन्ततिले अमूल्य जीवन उत्सर्ग गरेको उनको भनाई छ।
यो ऐतिहासिक दिनलाई हामी प्रत्येक वर्ष “गणतन्त्र दिवसू को रुपमा गौरवका साथ मनाउँदै आएको उनले बताए। ‘वि।सं। २०६२/०६३ को जनआन्दोलनको ऐतिहासिक सफलतापछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन सम्पन्न गयो। त्यसैको परिणामस्वरुप, वि।सं। २०६५ सालको जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो। यो ऐतिहासिक दिनलाई हामी प्रत्येक वर्ष “गणतन्त्र दिवसू को रुपमा गौरवका साथ मनाउँदै आएका छौं ’देउवाले भनेका छन्।