काठमाडौंको मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

काठमाडौंको मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मखन टोलस्थित महादेव चोकमा बुधबार बिहान भएको भीषण आगलागीमा एक महिलाको ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहराले लोकान्तरलाई जानकारी दिए ।

तर, मृतकको सनाखत हुन भने बाँकी छ ।


दमकल प्रयोगगरी आगो नियन्त्रणमा लिसकेको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका थिए ।

सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको  ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । 

खबरपाटी
खबरपाटी