वीर अस्पतालमा स्नायुसम्बन्धी अत्याधुनिक उपचार सेवा सञ्चालन

वीर अस्पतालमा स्नायुसम्बन्धी अत्याधुनिक उपचार सेवा सञ्चालन

काठमाण्डौ । वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा आएको छ ।

अस्पतालको न्यूरोसर्जरी विभाग तथा अमेरिकाको क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा डिप ब्रेन स्टीम्युलेसन र स्पाइनल स्टीम्युलेसन सेवा सञ्चालनमा ल्याइएको प्रा।डा।राजीव झाले बताउनुभयो ।

न्यूरो विभागका प्रमुख समेत रहेका प्रा।डा। झाका अनुसार यी दुई प्रविधिले पार्किन्सन, छारे रोग र ओसीडीका बिरामीको उपचारमा महत्वपूर्ण भूमिका खेल्छ ।

पार्किन्सन रोग, छारे रोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओसीडी जस्ता स्नायुगत समस्याहरूमा परम्परागत उपचारले सुधार नआएका बिरामीका लागि यो सेवा शुरू गरिएको हो ।

यो नयाँ उपचारका लागि बिरामीहरूको छनोट आउँदो चैत्र १८ गतेसम्म अस्पतालको न्यूरोसर्जरी विभागमा बिहान १२ बजेदेखि साढे १ सम्म हुने अस्पतालले जानकारी दिएको छ । 

खबरपाटी
खबरपाटी