साताको दोस्रो दिन नेप्से ३.३५ अंकले बढ्यो

साताको दोस्रो दिन नेप्से ३.३५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ ।


आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ३५ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ ।


आज दिनभरिमा ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ८० करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४४ करोड ९४ लाखको शेयर कारोबार भएको छ ।


आज सबैभन्दा धेरै गार्डिन मायक्रो लाइफका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रोका लगानकिर्ताले ९ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् ।


बोटलर्स नेपाल बालाजूका लगानकिर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

खबरपाटी
खबरपाटी