आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।