काठमाडौं – नेपालको शिक्षा क्षेत्रमा अग्रणी स्थानमा रहेको केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ । केएमसी ग्रुपका संस्थापकहरूकै प्रारम्भिक लगानीमा विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी बेस्ट वेस्टर्न प्लस काठमाडौँ सञ्चालनमा ल्याउन लागेको हो । चारतारे स्तरको चेन होटलले विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लसलाई पहिलो पटक नेपालमा प्रस्तुत गर्न लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ५०० मिटरको दुरीमा र पशुपतिनाथ मन्दिरको पैदल दुरीमा पिङ्लास्थानमा अवस्थित यस भव्य होटलले पर्यटन व्यवसायका क्षेत्रमा नयाँ आयाम सिर्जना गर्ने जनाएको छ ।
बेस्ट वेस्टर्न प्लस काठमाडौंले नेपाली सांस्कृतिक समृद्धिलाई विश्वस्तरीय विलासितासँग संयोजन गर्दै नवीन अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।पाहुनाहरूलाई मौलिक तथा न्यानो आतिथ्य मार्फत प्रत्येक अनुभवहरु सम्झनलायक हुनेगरी सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । होटलले दिगो विकाशको अभ्यासमा जोड दिएको छ, जसमा ऊर्जा(कुशल प्रणाली र स्थानीय रूपमा उपलब्ध सामग्रीहरू समावेश गरी वातावरणीय प्रभाव कम गर्ने व्यवस्था मिलाएको छ। पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा १।५ अर्ब नेपाली रुपैयाँ लगानी भएको छ। चाँडै आईपीओमा जाने योजना सहित यो होटलले नेपालको पर्यटकीय सेवाको क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास राखेको छ।यस होटेलले सेवा प्रदानमा निम्न लक्ष्य लिएको छ ।