तिजको दिन कस्तो रह्ला देशभरको मौसम ?

तिजको दिन कस्तो रह्ला देशभरको मौसम ?

काठमाडौं । अहिले देशका धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली भइ धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने उनले जानकारी दिए। यस्तै देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबरपाटी
खबरपाटी