काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. महतोले नेपाललाई स्वास्थ्य र शिक्षाको हब बनाउने आफ्नो सपना रहेको बताएका छन् ।
सोमबार वात्सल्य नेचुरल आईभीएफले मेडिसिटी अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको नयाँ क्लिनिकको उद्घाटन गर्दै डा। महतोले यस्तो बताएका हुन् । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य र शिक्षाको हब बनाउन सकिने उनले बताए ।
ुनेपाललाई स्वास्थ्यको हब बनाउने सपना बोकेर आएको छु । एनआरएनको रूपमा विभिन्न राष्ट्रहरूका अनुभव छन् । त्यसैले लेखेर मात्रै होइन । नेपाललाई स्वास्थ्यको हब बनाउन वात्सल्यले ठूलो भूमिका खेल्नेछ । वात्सल्यलाई धन्यवाद दिन चाहन्छु’, डा। महतोले भने ।
मानिसले प्रकृतिको नियमलाई अस्वीकार गर्न नसक्ने उनले बताए ।
‘सन्तति सबैलाई चाहिन्छ । कुनै निश्चित समयपछि बिहे गर्नुपर्ने हुन्छ । एक उमेरसम्म धेरै कुरा अस्वीकार गर्न सकिन्छ । तर प्रकृतिको नियमलाई परिवर्तन सकिँदैन,ु डा। महतले भने, ुसबैभन्दा ठूलो भनेको मानिसको स्वास्थ्य हो । मानिसलाई पैसा पुगेपछि स्वास्थ्यको ख्याल आउँछ । सन्ततिको आवश्यकता मानिसले ढिलो बुझ्छ । सन्तान नभएमा वात्सल्यले सहयोग गर्नेछ ।’
नेपालजस्तो सुन्दर देश विश्वमै कुनै पनि नभएको उनले बताए ।
‘विदेशीहरूसँग मिलेर काम गर्दा धेरै कुरा थाहा हुन्छ । नेपालजस्तो सुन्दर राष्ट्र विश्व मै छैन । अधिकांश राष्ट्रमा बनाइएका सबै कुरा कृत्रिम छन् । नेपालमा सबै कुरा प्राकृतिक छन् । प्राकृतिक र कृतिमा कुराहरूलाई मिलेर अगाडि लैजान सकेमा नेपाल पनि धेरै अगाडि बढ्न सक्छ,ु उनले भने, ुसांस्कृतिक रूपमा नेपाल जति धनी कुनै पनि राष्ट्र छैन । नेपालीहरू अरूलाई सेवा गर्दा खुसी मान्छन् । सबैभन्दा पहिलो मानसका लागि धन हो । मानिसहरूले धनपछि स्वास्थ्यको अवस्थालाई पनि हेर्ने गर्दछन् ।ु