सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

काठमाडौँ  ।  आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

यसैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।  

खबरपाटी
खबरपाटी