टी-२० विश्वकपः दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

टी-२० विश्वकपः दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

समूह 'डी' अन्तर्गत वेस्ट इन्डिजमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि रिजा हन्डरिक्सले सर्वाधिक ४३ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट तथा दिपेन्द्र सिंह ऐरीले ३ विकेट हात पारे ।

 

 

खबरपाटी
खबरपाटी