काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केही पनि भएको छैन भन्नेहरूका लागि एउटा सन्देश भन्दै मधेसमा जनमत पार्टीको र संघमा रास्वपा सरकारमा रहेको बताएका छन्।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले स्थापना दिवसका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा बुधबार गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले जनताले विश्वास गरेर जनमत, रास्वपा, हर्क साम्पाङ, बालेन शाह र गोपाल हमाललाई भोट दिएको पनि बताए।
‘सिके राउत जसले मधेसमा नयाँ आवाज उठाउनु भएको छ। कति मानिसले सिके राउतका राजनीतिक आस्था र विश्वासका कारण र उहाँको घोषणा पत्र पढेर भोट गरे मलाई थाहा छैन,’ लामिछानेले भने, ‘तर यो मानिसलाई हेर्दा विश्वास गर्न सकिन्छ है, यो मानिस प्रतिबद्ध छ भनेर विश्वास गरेर मधेसमा उहाँलाई भोट दिएका हुन्। केही पनि भएको छैन भन्नेहरूका लागि एउटा सानो सन्देश मात्र बताउन चाहन्छु- हेर्नुस् त मधेसमा आज जनमतको सरकार भएको छ, आजभन्दा केही वर्ष अगाडि सोच्न सकिन्थ्योरु विद्रोह त त्यही हो नि!, यो रातो छैन होला तर विद्रोह त भयो। मधेसमा जनमतको सरकार छ, केन्द्रमा हामी अस्ति भर्खर खोलेको रास्वपा सरकारमा सहभागी छ। स्थानीय तहमा हर्क, बालेन र गोपीहरू छन्, बजेन र घन्टी, हर्न बज्यो नि!
यसलाई प्रतिशोध र प्रतिस्पर्धाका रूपमा नहेर्न पनि उनले आग्रह गरे।
‘सिके, रवि र अरू साथीहरू नबिग्रिऊन् भनेर खबरदारी गर्नुहोस्,’ उनले भने, ‘के हामीले गरेको क्रान्ति क्रान्ति होइन ररु हामीले नागरिकको भोटलाई मानेर विद्रोह गर्यौं, तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौं मलाई थाहा छैन, तर रास्वपाका मन्त्रीहरूले एउटा पनि नराम्रो काम गरेका छैनन्।’