प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिनू : मेयर बालेन्द्र

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिनू : मेयर बालेन्द्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिनू भनि सामाजिक सञ्जालमा जवाफ दिएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालबाट न्युरोडमा फुटपाथ बनाउन रोक्नेहरूलाई दैनिक एक लाख र बजारको सिजनमा ५ लाख मानिस हिँड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छरु भन्ने मापदण्ड हेर्न पनि सुझाव दिएका छन्।
उनले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताए।

उनले विकास गर्ने हो भने र बदलिँदो समयमा न्युरोडलाई अझै व्यावसायिक, सुन्दर बनाउन एकजुट हुन आग्रह गरे। ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिऊँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिऊँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिंग र अव्यवस्थित बनाउनेहरूसँग लिऊँ’ उनले भनेका छन्। 

काठमाडौं महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध शालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक भत्काएपछि विरोध हुन थालेको छ।

खबरपाटी
खबरपाटी