स्वास्थ्यमा ८६ अर्ब २४ करोड बजेट

स्वास्थ्यमा ८६ अर्ब २४ करोड बजेट

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।  

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्।

बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु परेका छन्।

संघीय स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५२ अर्ब ५२ करोडको बजेट सिलिङ पाएको थियो।

चालु आर्थिक वर्षमा ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ बजेट दिइएको छ। बजेट भाषणका क्रममा ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख भए पनि मन्त्रालयले उक्त वक्तव्यमा विनियोजित भनिएको रकमभन्दा दुई अर्ब ११ करोड रुपैयाँ बढी बजेट पाएको थियो।

खबरपाटी
खबरपाटी