चितवनबाट मिस प्लस साइज चितवन–२०२४ सुरु, प्रतियोगिता अन्तराष्ट्रियस्तरसम्म पुर्‍याइने

चितवनबाट मिस प्लस साइज चितवन–२०२४ सुरु, प्रतियोगिता अन्तराष्ट्रियस्तरसम्म पुर्‍याइने

काठमाडौँ । चितवनमा पहिलोपटक सुन्दरी प्रतियोगिता मिस प्लस साइज चितवन–२०२४ आयोजना हुने भएको छ । ६० देखि १०५ केजीसम्म तौल समूहका महिलाहरु सहभागि हुन सक्ने गरी मिस प्लस साइज चितवन आयोजना हुन लागेको हो ।

शनिबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले चितवनबाट सुरु हुन गइरहेको मिस प्लस साइज नेपालको यात्रा देशका धेरै शहरमा छिट्टै आयोजना हुने बताएका छन् । जिल्ला केन्द्रित मिस प्लस साइजहरुलाई मिस प्लस साइज नेपालहुँदै विदेशमा हुने प्लस साइज सौन्दर्य प्रतियोगितामा सहभागि गराइने सिइओ बस्नेतले बताए ।

यस प्रतियोगितामा चितवनसंगै मकवानपुर र नवलपरासीबाट पनि सहभागिता जनाउन सकिने प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोराले जानकारी दिए । उनले मोटो शरीर भए पनि उनीहरु भित्र भएका क्षमता र सौन्दर्यतालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको बताए । 

कार्यक्रममा बोल्दै चितवन स्कुल अफ फेशनका बोर्ड अफ डाइरेक्टर रञ्जित क्षेत्रीले सौन्दर्य प्रतियोगिता भन्ने वित्तिकै शरीरलाई हेर्ने गरिएको भन्दै यो विल्कुलै फरक रहेको बताए । उनले प्रतियोगीहरु भित्र भएको आन्तरिक क्षमता उजागर गर्ने र समाजमा सकरात्मक प्रभाव पार्ने हिसाबले यो प्रतियोगिता गरिएको बताए ।

प्रतियोगिता अन्तरगत अडिसन यही जेठ १६ गते चितवन स्कूल अफ फेशनमा हुनेछ । प्रतियोगिता फिनाले असारमा हुने बताईको छ ।

खबरपाटी
खबरपाटी