आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिका–१ को भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र यादवले जानकारी दिए।
घाइतेको उद्धार गरेर थप उपचारका लागि चरिकोट अस्पताल पठाइएको मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइरालाले बताए। उनका अनुसार घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरू मलामी जाँदै गर्दा गाडी दुर्घटनामा परेको कोइरालाको भनाइ छ।