दक्षिण कोरियाले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने

दक्षिण कोरियाले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने

काठमाडौं - दक्षिण कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ। 

सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरे। 

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ। महानगरपालिकासँगको सहकार्यमा फोहोरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मार्फत सञ्चालन हुनेछ।

राजदूत पार्कले नेपाल कोरियाको प्राथमिकताप्राप्त देश भएको बताए। उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिएको जनाए।

खबरपाटी
खबरपाटी