भारतको लोकसभा चुनाव : चौथो चरणको मतदान कुन-कुन राज्यमा कति सिटका लागि हुदैँछ ?

भारतको लोकसभा चुनाव : चौथो चरणको मतदान कुन-कुन राज्यमा कति सिटका लागि हुदैँछ ?

काठमाडौं । सात चरणमा हुन लागेको भारत लोकसभाको चौथो चरणको मतदान सोमबार हुँदैछ। तीन चरणको चुनाव यसअघि नै भइसकेको छ ।

पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९ र तेस्रो चरणमा १२ राज्यको ९४ लोकसभा सिटका लागि मतदान भइसकेको छ ।

पहिलो चरणमा ६६ दशमलव १४, दोस्रो चरणमा ६६ दशमलव ७१ र तेस्रो चरणमा ६५ प्रतिशत मतदान भएको भारतीय चुनाव आयोगको तथ्यांकमा उल्लेख छ ।

अप्रिल १९, २६ र मे ७ मा गरेर तीन चरणको चुनाव सकिएको भारतमा अब चार चरणको चुनाव हुन बाँकी छ। चौथो चरणमा १० राज्यका ९६ सिटका लागि सोमबार चुनाव हुन लागेको हो ।

चौथो चरणमा भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मिर गरेर गरेर १० राज्यका ९६ सिटका लागि मतदान हुन लागेको हो ।

पाँचौ चरणमा मे २० तारिखमा ८ राज्यको ४९ सिटका लागि मतदान हुँदैछ। छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाखका ४९ सिटका लागि पाँचौ चरणको मतदान गर्ने भारतीय चुनाव आयोगको तयारी छ ।

छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। छैठौं चरणमा बिहार, हरियाणा, झारखंड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटमा मतदान हुन लागेको हो ।

अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा हुनेछ। बिहार, हिमाचल, झारखंड, ओडिशा, पंजाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुनेछ ।

पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ ।

खबरपाटी
खबरपाटी