आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्न नपाइने बताएका छन् । कपिलवस्तुमा बुधबार आयाेजित कार्यक्रममा ओलीले एमालेभित्र गुटबन्दी नचल्ने बताए ।
जिल्ला अधिवेशनहरूमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलकाे समूहबीच प्रतिस्पर्धा भइरहेकाे छ । तर, ओलीले भने गुटबन्दीले पार्टीलाई क्षति मात्रै गर्ने बताए ।
अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आस भरोसा नदिइएको प्रस्ट पारे ।
‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन । जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउने छैन,’ ओलीले भने ।