आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । जनता समाजवादी पार्टी (जसपा), नेपालबाट विभाजित भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार दिइएको निवेदनमाथि आयोगले सोमबार निर्णय गरेको हो । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेर बनेको जसपाको दल दर्ता नम्बर १९८ रहेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका १२ प्रतिनिधिसभा सदस्यमध्ये सात सांसदले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरेका थिए । निवेदन दिइएको २४ घण्टा नबित्दै आयोगले दल दर्ताको निर्णय गरेको हो ।
नयाँ गठित पार्टीमा राजेन्द्र श्रेष्ठ संघीय परिषद्का अध्यक्ष छन् । अशोक राई अध्यक्ष, रेणुकुमारी यादव सहअध्यक्ष र मोहमद इस्तियाक राई महासचिव रहेका छन् ।