९ महिनामा कुन बैंकले कति कमाए ?

९ महिनामा कुन बैंकले कति कमाए ?

काठमाडौं ।  २१ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकहरुले यस अवधिमा कुल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष सोही अवधिमा बैंकहरुले ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ बराबर नाफा कमाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुले ११।६७ प्रतिशतले बढी नाफा कमाएका हुन् ।

आर्थिक वर्ष सुरु भएसँगै बढेको तीब्र आर्थिक संकटका बीच पनि बैंकहरुको यस्तो लोभलाग्दो नाफा आर्जन गर्नुले केही समय यता उद्योगी व्यवसायीले लगाउँदै आएका आरोपलाई केही हदसम्म पुष्टि गरेको मान्न सकिन्छ । ब्याजदर बढाएर बैंकहरुले मात्र नाफा कमाउन खोजेको आरोप उद्योगी व्यवसायीहरुले लगाउँदै आएका छन् । २१ वटा वाणिज्य बैंकमध्ये एक तिहाई अर्थात् ७ वटा बैंकको मात्र रिजल्ट नेगेटिभ आएको छ । बाँकी १४ वटा बैंकको नाफा आकर्षक नै देखिन्छ । यद्यपि, वित्तीय रिपोर्ट घाटामा देखिएका बैंकहरुले पनि नाफालाई खराब कर्जा व्यवस्थापन ९प्रोभिजनिङ० गर्नुपर्दा ‘माइनस’मा देखिन गएको हो । 

नबिल बैंक
चैत मसान्तसम्म आइपुग्दा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ८।७६ प्रतिशतले घटेको छ । गत चैत मसान्तसमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ३।७२ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड १३ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०।७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड ४२ लाख २६ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको १।२७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १।९८ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा रहेको छ ।

ग्लोबल आईएमई बैंक
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल कर्जा लगानीको ३।९६ प्रतिशत एनपीएल पुगेको ग्लोबल आईएमई बैंकले नाफाबाट २ अर्ब ७१ करोड ७ लाख ७३ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ भने ३।८८ प्रतिशत एनपीएल रहेको राष्ट्रिय वाणिज्य बैंकले यस पटक १ अर्ब ३१ करोड ८९ लाख ५२ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले ९ महिनाको अवधिमा झण्डै २ अर्ब नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०र८१ तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतमा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ५२ प्रतिशत घटेको देखिन्छ । चैत मसान्तसम्म बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले कुल सञ्चालन नाफा १० अर्ब ३० करोड रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
साथै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा ०।८५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३।०८ प्रतिशत पुगेको छ ।

 माछापुच्छ्रे बैंक
 माछापुच्छ्रे बैंकको  विवरण अनुसार बैंकले यस अवधिमा ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६।७२ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत रकम गत आवको सोहि अवधिको तुलनामा ६९।०८ प्रतिशतले कम हो । बैंकको इम्प्येरमेन्ट चार्ज पनि ८१ करोड ९५ लाखबाट बढेर ९४ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म २।३७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३।६८ प्रतिशत पुगेको छ । बैंकको रिटेन्ड अर्निङ ३० करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भको आकार भने २५।६९ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानीमा व्यापक गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १७।५७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर ९।८१ रुपैयाँमा सीमित बनेको छ ।

लक्ष्मी सनराइज बैंक
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लक्ष्मी सनराइज बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७।७० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०३।४९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १०२।९८ प्रतिशत, कुल सञ्चालन आम्दानी १०१।६३ प्रतिशत र सञ्चालन मुनाफा ११।७८ प्रतिशत बढेको छ। सो अवधिमा बैंकको निष्क्रिय कर्जा १।८२ प्रतिशतबाट बढेर ५।४९ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ।

प्रभु बैंक
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा प्रभु बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१।६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२।६७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०।९० प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९।१४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा बढेपनि खुद नाफा भने घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड मात्र नाफा कमाएको छ। यस अवधिमा बैंकको जगेडा कोषमा ९ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २१ रुपैयाँ ३८ पैसा ऋणात्मक रहेको छ। समिक्षा अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५।७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपेयाँ ९० पैसा घटेर ५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ।

कुमारी बैंक 
कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१।६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १२।६७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०।९० प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९।१४ प्रतिशत बढेको छ। २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २१ रुपैयाँ ३८ पैसा ऋणात्मक रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपेयाँ ९० पैसा घटेर ५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५।७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबैंकको खुद नाफा ७।५२ प्रतिशतले बढेर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने खुद नाफा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।  बैंकको खुद ब्याज आम्दानी भने ४१।५३ प्रतिशतले बढेर ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ७० करोडबाट बढेर ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा भने ४।३१ प्रतिशतले घटेको छ भने बैंकको खराब कर्जा १।९५ प्रतिशत बाट घटेर १।१२ प्रतिशतमा आएको छ । समिक्षा अवधिमा रिजर्भ २४ अर्ब ९४ करोडबाट बढेर २९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २।४० रुपैयाँले घटेर १२।८० रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १७२।५७ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । चैतसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पहिलो ९ महिनासम्ममा  ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५।०२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २।५७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६३।२८ प्रतिशत घटेको छ। त्यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३।०९ प्रतिशत र सञ्चालन मुनाफा १४।९९ प्रतिशत घटेको छ। समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ८८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ९६ पैसा रहेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा रहेको छ। त्यस्तै, यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३४।४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६५ पैसा रहेको छ। हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब १ करोड रुपैयाँ सञ्चित रहेको छ।

खबरपाटी
खबरपाटी