भारतमा पहिलो चरणको निर्वाचन प्रचार आजदेखि रोकिँदै

भारतमा पहिलो चरणको निर्वाचन प्रचार आजदेखि रोकिँदै

नयाँ दिल्ली । भारतमा शुक्रबारदेखि हुन गइरहेको लोकसभाको पहिलो चरणको निर्वाचनका लागि आज बेलुका ५ बजेबाट प्रचारप्रसार बन्द हुँदैछ ।  शुक्रबार पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेश गरी १०२ सिटको लागि निर्वाचन हुँदैछ । 

तमिलनाडुकोे सबै ३९ सिटमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।  यस्तै उत्तर प्रदेशका ८, उत्तराखण्डका ५ र पश्चिम बंगालका तीन लोकसभा सिटका लागि पनि पहिलो चरणमा मतदान हुने कार्यक्रम छ । 

यस्तै राजस्थानका १२ सिटका लागि पनि सोही दिन मतदान हुनेछ । यस्तै, अरुणान्चलका २, असमका ५, बिहारका ४, छत्तीसगढका १, मध्य प्रदेशका ६,  महाराष्ट्रका ५, मणीपुरका २, मेघालयका २, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, जम्मु काश्मीर, लक्षदीप, अण्डमान, निकोबार र पुण्डुचेरी हरेकमा एक सिटका लागि पनि सोही दिन मतदान हुन लागेको बीबीसीले जनाएको छ ।

खबरपाटी
खबरपाटी