आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो ।
यअघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरे पनि उनी विवादित व्यक्ति भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो । सोडारीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा रहेको र विगतमा मन्त्री हुँदा समेत विवादमा रहेको एमालेको आरोप रहेको छ ।