आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।
अल अमेरातको मैदान वर्षाका कारण भिजेपछि नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन नसकेको हो ।
समूह ए मा रहेका नेपाल र साउदी अरेबियाबीचको खेल ११:४५ बजेबाट सुरु हुने तालिका रहेपनि अहिलेसम्म टस हुन सकेको छैन ।
जारी प्रतियोगितामा नेपालले अघिल्ला तीनवटै खेलमा जित हात पारेर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।