आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको १ लाख ३७ हजार ५ सय पुग्यो

आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको १ लाख ३७ हजार ५ सय पुग्यो

काठमाडौं बैशाख ३ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ।

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर  प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

खबरपाटी
खबरपाटी