कर्णाली पुलबाट पौडी खेल्न नदीमा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो

कर्णाली पुलबाट पौडी खेल्न नदीमा हामफालेर बेपत्ता भएका युवकको शव  भेटियो

काठमाडौं,चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न नदीमा हामफालेर सोमबार दिउँसोदेखि बेपत्ता भएका युवकको शव आज भेटिएको छ । 

लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीको शव टीकापुर स्थित सनकट्टी घाटमा भेटिएको प्रहरीले जनाएको छ । होलीको दिन रमाइलो गर्ने क्रममा कर्णाली पुलबाट हाम फालेका १७ युवामध्ये उनी वेपत्ता भएका थिए ।

खबरपाटी
खबरपाटी