काठमाडौं महागरले गर्यो १२० दिनमा ४९३८ सामुदायिक कुकुर तथा बिरालो बन्ध्याकरण

काठमाडौं महागरले गर्यो १२० दिनमा ४९३८ सामुदायिक कुकुर तथा बिरालो बन्ध्याकरण

काठमाडौं – १२० दिनमा काठमाडौं महानगरपालिकाले लगभग ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको छ । यस्तै ११३०८ वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिएको छ । यही गतिमा काम गरेर अब ३ देखि ४ बर्ष भित्र सामुदायिक कुकुर र विरालो सबैको संख्या घटाउदै जाने महानगरको योजना रहेको छ । 

जति मात्रामा कुकुर बिरालोको संख्या भेटिने आकलन थियो त्यति नभेटिएको महानगरको भनाई छ ।  टोलमा भेटिएका कुकुर विरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्र्थापना गरिरहेको महानगरले जानकारी दिदैछ । बन्ध्याकरण गरिएका कुकुर विरालोको एअर नोच (कानमा सानो चिन्ह ) लगाएको छ । 
महानगरको लक्ष्य सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने रहेको छ।  कहि कसैले एअर नोच नभएका कुकुर विराला देखेमा महानगरको कल सेन्टरको निःशुल्क फोन नं। ११८० मा सम्पर्क गरेर जानकारी गराउन सबैमा अनुरोध समेत गरेको छ। साथै त्यस्तो सुचना प्राप्त भएको स्थानमा  कुकुर विरालालाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप सेवा उपलब्ध गराउने काठमाडौं महानगरले जनाएको छ ।
 

खबरपाटी
खबरपाटी