पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन सरकारलाई निर्यात व्यवसायीहरूको सुझाव

निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरू भित्रि मनबाट नगरेको आरोप

पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन सरकारलाई निर्यात व्यवसायीहरूको सुझाव

काठमाण्डौ – निर्यात व्यवसायीहरूले देशको व्यापार घाटा घटाउन पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् ।
नेपाल हस्तकला महासङ्घले आयोजना गरेको कार्यक्रममा नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले सरकारले व्यापार घाटा घटाउनुपर्छ भन्दै आए पनि निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरू भित्रि मनबाट नगरेको आरोप लगाउनुभयो । अब व्यापार घाटा घटाउनका लागि पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले ४२ विधामा १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहे पनि सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको बताउनुभयो । निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरूले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेको उहाँको भनाइ छ ।
देशभर झन्डै ११ लाख जनाले हस्तकला क्षेत्रमा व्यवसायी गर्दै आएका छन् ।

खबरपाटी
खबरपाटी