नेपालले टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै

नेपालले टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध ब्याटिङ गरिरहेको छ ।

टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिंदैछ । यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

यसै खेलबाट युवा फास्ट बलर प्रतिश जिशीले टी-२० आईमा डेब्यु गरेका छन् ।अघिल्लो खेलमा हङकङविरुद्ध नै खेलेको टिममा एक परिवर्तन गर्दा प्रतिशले मौका पाएका हुन् ।

उनी अविनाश बोहराको स्थानमा पहिलो रोजाइमा परेका हुन् । नेपालका लागि प्रतिशले ओडीआईमा यसअघि नै डेब्यु गरिसकेका छन् ।

उनले फेब्रुअरीमा पपुवा न्यु गिनीविरुद्ध विश्वकप लिग टु को खेलमा ओडीआईमा डेब्यु गरेका थिए ।

खबरपाटी
खबरपाटी