आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि भोलि (आइतबार) मतदान गरिने भएको छ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
भोलि बिहान ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ ।
एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा छन् ।
अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उमेदवारी फिर्ता लिएका थिए ।