हृदयाघातबाट शौचालयमा बेहोस थिए नेम्वाङ

हृदयाघातबाट शौचालयमा बेहोस  थिए नेम्वाङ

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन भएको खबर पाउनासाथ एमाले अध्यक्ष केपी ओली मध्यराति नै शिक्षण अस्पताल पुगेका थिए । हृदयाघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।

बाथरुममा बेहोस अवस्थामा भेटिएपछि परिवारका सदस्यले राति १ः५० बजे अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । नेम्वाङको निधनको खबर फैलिएसँगै शीर्ष नेताहरू शिक्षण अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पनि अस्पतालमा छन् ।

अस्पतालमा एमाले नेता कार्यकर्ताको बाक्लो भिड लागेको छ । नेम्वाङको शव केहीबेरमा श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय लगिने एमाले सचेतक महेश बर्तौलाले बताए । 

खबरपाटी
खबरपाटी