सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ

सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ

काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । योसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । 

प्रहरीले सुनचाँदी व्यवसायी संघका बाराका अध्यक्षसमेत रहेको शिव कुमार सराफलाई पक्राउ गरेको हो । 

उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

खबरपाटी
खबरपाटी