अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालय तानिए

अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालय तानिए

काठमाडौं । ६० किलो सुन प्रकरणमा शंकास्पद भूमिका रहेको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।

उनीमाथि सार्वजनिक रूपमा प्रश्नहरू उठेका कारण सत्यतथ्य बुझ्नका लागि मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतको भनाइ छ।

अधिकारीले सुन प्रकरणमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमार्फत् संवाद गरेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो।

‘उहाँमाथि प्रश्न उठेकाले थप सोधपुछ गर्न गृह मन्त्रालय तानिएको हो,’ मन्त्रालय स्रोतले सेतोपाटीसँग भन्यो।

गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो।

अधिकारी गत  फागुनमा अध्यागमन विभागका महानिर्देशक बनेका थिए। 

खबरपाटी
खबरपाटी